हलगोरु पाल्ने किसानलाई अनुदान दिने
नेपालबहस संवाददाता
बैशाख ३, २०८१ सोमबार १३:५४:४५
३ वैशाख, बागलुङ । बागलुङ नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । नगरपालिकाले ‘पशुपन्छी तथा मत्स्यपालन कार्यविधि– २०७९’ निर्माण गरी चालु आर्थिक वर्षभित्रै गोरु पाल्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।
गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न रु चार लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ । उक्त बजेटबाट हलगोरु पाल्ने किसानलाई दामासाहीले अनुदान दिइनेछ । त्यसका लागि किसानबाट आवेदन सङ्कलन गरिएको बागलुङ नगरपालिकाको पशु शाखाले जनाएको छ ।
बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवद्र्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिन लागिएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताए ।
सापकोटाका अनुसार नगरपालिकाभित्रका एक सय १० जना गोरु पाल्ने किसानले निवेदन दिएका छन् । प्राप्त भएका सो निवेदनका आधारमा अनुगमन गरी किसानलाई अनुदान दिइने छ ।
“हलगोरु पाल्ने किसानलाई अनुदान दिन लागिएको हो, यस वर्ष बजेट थोरै छ, प्रत्येक हल गोरु पाल्ने किसानलाई चार÷पाँच हजारको दरले अनुदान दिइन्छ”, सापकोटाले भने, “यो कार्यक्रम निरन्तर चल्छ, कम्तीमा एक किसानलाई रु १० हजारका दरले अनुदान दिने कार्यविधिमै उल्लेख छ ।” आगामी वर्ष हल गोरु पाल्ने किसानलाई रु १० हजार पुग्नेगरी रु १० लाख बजेट विनियोजन गर्ने नगरपालिकाको लक्ष्य छ ।
बढ्दो प्रविधिको विकाससँगै गोरु लगाएर जोत्ने परम्परा हराएकाले त्यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिन लागिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । उनले मिनीट्रिलर वितरणले गोरु पाल्ने किसान निरुत्साहित भएको महसुस गरेकाले अनुदान कार्यक्रम ल्याएको बताए । गोरु पाल्दा वातावरणीयरुपमा समेत फाइदा हुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङका एक लाख ३१ हजार पशुलाई लगाइयो खोप
बैशाख १७, २०८१ सोमबार
रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’
बैशाख १७, २०८१ सोमबार
‘लो भोल्टेज’का कारण सुर्खेतका कोल्डस्टोर सञ्चालनमा कठिनाइ
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार