बाँकेका किसान चैते धानखेतीमा आकर्षित
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १४:३२:५८
१२ वैशाख, नेपालगञ्ज । बाँकेमा नयाँ-नयाँ किसानले चैते धानखेती गर्न थालेका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन् ।
पहिलो पटक चैते धानखेती गरेकी वैजनाथ–६ का किसान गीता खत्रीले चैते धानखेतीमा धमिरो लाग्ने गरेको अनुभव सुनाउँदै मलखाद पनि बढी प्रयोग हुने बताए ।
उनले वर्षे धानखेतीभन्दा चैते धानखेतीमा बढी मेहनत गर्नुपर्ने र उक्त धानखेतीमा रोग बढी लाग्ने भएकाले विषादीको मात्रा पनि बढी हुने उल्लेख गरे । करिब पाँच कट्ठा जमिन क्षेत्रफलमा चैते धानखेती गरेकी खत्रीले बीउको ब्याड राख्न नजानेरसमेत समस्या झेल्नुपरेको बताए ।
कृषि ज्ञानकेन्द्रका बागवानी अधिकृत रामप्रसाद यादवले अहिलेसम्म ९२ जना नयाँ किसानले यस वर्षबाट चैते धानखेती सुरु गरेको जानकारी दिए । उनले चैते धानखेतीका लागि किसानलाई निःशुल्क बीउ वितरण भएको उल्लेख गर्दै हर्दिनेटा १, ३ र चैते पाँच जातको धानखेती भएको बताए ।
उनले भने, “चैते धानखेतीमा किसानले झन्झट मानेका कारण कतिपय सिँचाइको सुविधा भएको ठाउँमा मकैखेती पनि गरेका छन् ।” अधिकृत यादवले अहिले चेते धानको गाँज लाग्ने बेला सुरु भएको जानकारी दिँदै वर्षे धानलाई जस्तै प्रशस्त पानी नचाहिने बताए ।
कृषि ज्ञानकेन्द्र ३१ हेक्टर, केही किसानले आफ्नै लगानीमा र केही बीउ कृषि अनुसन्धान केन्द्र नार्क खजुराले दिएको बीउबाट गरी कूल ४० हेक्टर क्षेत्रफल जमिनमा चैते धानखेती गरिएको छ । यस वर्ष जिल्लाको वैजनाथ–८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा–३ को सूर्य, लालपुर्जा र बनकट्टि, राप्तिसोनारीको फत्तेपुर तथा खजुरा–२ को के गाउँमा चैते धानखेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गाउँपालिकामा निर्माण भएका विभिन्न कृषि सहकारी समूहमार्फत किसानलाई बीउ, मल र विषादी वितरण गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल
बैशाख २३, २०८१ आइतबार
रासायनिक विषादीको प्रयोग घटाउन 'आईपीएम' कृषक पाठशाला
बैशाख २१, २०८१ शुक्रबार
सुन्तला बेचेर म्याग्दीमा २१ करोडभन्दा बढी भित्रियो
बैशाख २०, २०८१ बिहिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार