महानगरीय पर्यटन सूचना केन्द्र र टुरिष्ट पुलिस मोबाइल एप उदघाटन कार्यक्रम सम्पन्न
इन्द्र रिजाल
असार १८, २०७६ बुधबार १९:४१:१४
काठमाडौं । महानगरीय पर्यटन सूचना केन्द्र ठमेल र टुरिष्ट पुलिस मोबाइल एपको उदघाटन कार्यक्रम बुधबार ठमेलमा सम्पन्न भएको छ ।
कार्यक्रममा महानगरीय पर्यटन सूचना केन्द्र, ठमेलको उद्घाटन गर्दै पर्यटन विभाग भृकुटीमण्डपका महानिर्देशक ढुण्डीराज घिमिरेले सो केन्द्र निर्माण हुनु प्रशंसनीय कार्य भएको बताएका छन्।
पर्यटक प्रहरीले पर्यटकहरुलाई भ्रमणको क्रममा सहजीकरण गर्दै आएकोमा यस सेवालाई थप गुणस्तरीय बनाउन केन्द्र प्रभावकारी हुने महानिर्देशक घिमिरेले चर्चा गरेका थिए । आगामी दिनका प्रहरी कार्यहरु समुदायको आवश्यकतामा आधारित हुनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरीले लागू गरेको समुदाय(प्रहरी साझेदारी कार्यक्रम उपयोगी रहेको उनले बताए ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेस थापा क्षेत्रीले टुरिष्ट पुलिस मोबाइल एपको उदघाटन गर्दै जनचेतनाको स्तर औधी राम्रो भएको ठमेल क्षेत्रलाई अब प्रविधि मार्फत सुरक्षा प्रदान गरी उदाहरणीय कामको सुरुवात गर्नुपर्ने बताए। सर्वत्र प्रहरी नै उपस्थित भएर सेवा प्रदान गर्ने भन्दा पनि प्रविधिको प्रयोग गरेर सेवा दिन सके सभ्यताको विकास हुने बताए । साथै ठमेल क्षेत्रलाई पर्यटकमैत्री बनाउन प्रहरीकोतर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
सो अवसरमा काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष खेमराज तिवारी, ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष राजुमान डंगोल र योंग माइन्ड नेपालका प्रबन्ध निर्देशक डा.अविजित गुप्ताले समेत उक्त सूचना केन्द्र र मोबाइल एपको महत्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा पर्यटक प्रहरी ईकाई भृकुटीमण्डपका प्रमुख प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले स्वागत मन्तव्य सहित सूचना केन्द्र र मोबाइल एप सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको टुरिष्ट पुलिस मोबाइल एप पर्यटन सम्बन्धी जानकारी एवं पर्यटकहरुको गुनासो तथा समस्यालाई सहज ढंगले सम्बोधन गर्ने उद्देश्यले निर्माण गरिएको र उक्त एप एन्ड्रोएड मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिने उक्त अवसरमा जानकारी दिइयो ।
पर्यटक प्रहरी ईकाई भृकुटीमण्डपको आयोजना तथा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरु, पर्यटन व्यवसायसंग सम्बद्ध निकायका प्रतिनिधिहरु, यातायात व्यवस्था समितिका पदाधिकारीहरु, स्थानीय निकायका जनप्रतिनिधिहरु, प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत स्थानीयबासी समेतको उपस्थिति रहेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल प्रहरीका ५१९ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)
बैशाख २७, २०८१ बिहिबार
दुई एसपी सरुवा : इलाममा महिला कर्मचारी काण्ड, सिराहामा तस्करी रोक्दा कारवाही
बैशाख २५, २०८१ मंगलबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
अठार वर्षपछि सडक कालोपत्र, स्थानीयवासीलाई सहज
बैशाख २७, २०८१ बिहिबार
तनहुँमा चलचित्र निर्माण कार्यशाला
बैशाख २७, २०८१ बिहिबार
धनुषामा करेन्ट लागेर युवकको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
स्थानीय जातको कालो सुँगुर जोगाउनै मुश्किल
बैशाख २७, २०८१ बिहिबार
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त, आजै शपथ लिने
बैशाख २७, २०८१ बिहिबार
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
बैशाख २७, २०८१ बिहिबार