गुल्मीमा पहिरो जाँदा ६ जनाको मृत्यु, घाइतेको उद्धार जारी
नेपालबहस संवाददाता
साउन ७, २०७६ मंगलबार १५:३६:३७
गुल्मी । अबिरल बर्षाका कारण गुल्मीमा ६ जनको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार जारी रहेको छ । जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले जानकारी दिए ।
ठुलो पानी परेपछि राति घरमा ठुलोभल पस्दा स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए।
यस्तै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएको स्थानीयले बताएका छन्। पानी परीराखेकाले उपचारमा लैजानका लागि समस्या परेको छ। यस्तै सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउदा चार जनाको शब फेला परेको र गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए। शबको पहिचान हुन सकेको छैन। चार घरमा कति जना थिए र अन्यको अबस्थाको बारेमा नखुलेको ढकालले बताए। अहिले उद्धारका लागी प्रहरी र स्थानीयको टोली खटिएका छन् ।
यस्तै सत्यावती गाउँपालिका वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ। राति घर बगाउदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ। उनीहरु बेपता रहेको स्थानीयहरुले बताएको खोजी कार्य जारी रहेको बताईएको छ । अबिरल बर्षा भईरहेका कारण प्रहरीको टोली त्य तर्फ पुग्न सकेको छैन बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको र यर्थार्थ बिबरण त्यस पश्चात आउन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।
यसैबीच, बाग्लुङमा पहिरोले घर पुरिँदा गलकोट नगरपालिका–८ ज्यामिरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको छ। पहिरोले स्थानीय पिताम्बर गौतमको घर र गोठ मंगलवार बिहान करिब साढे ५ बजेको पुरेको हो। पहिरोले घर नजिकैको गोठमा काम गरिरहेकी गौतमलाई गोठसँगै पुरेको स्थानीय पूर्णबहादुर बिकले जानकारी दिएका छन् । परिवारका अन्य सदस्य भने घरमा रहेकाले सुरक्षित रहेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
आगलागीमा जलेको नगद
बैशाख २७, २०८१ बिहिबार
कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने दाबी पेश हुँदै
बैशाख २७, २०८१ बिहिबार
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता
बैशाख २७, २०८१ बिहिबार
अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप
बैशाख २७, २०८१ बिहिबार
नयाँ सरकार गठन प्रक्रिया रोक्न माग गर्दै मुख्यमन्त्री कार्की आज सर्वोच्च जाने
बैशाख २७, २०८१ बिहिबार