
१५ मंसिर, काठमाडौं ।नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक ‘एआईजी’पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डीआईजी पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । समितिले प्रहरी नियमावली २०७१ ‘संशोधन सहित’ को नियम २७ को उपनियम ‘४’ को प्रावधानअनुसार बढुवा सिफारिस गरेको हो ।
बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ । बढुवा सिफारिस गरिएका डीआईजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 1 मिनेट