पहाड फोड्छु जस्तो लाग्थ्यो तर हावा रैछ जिन्दगी- मदनकृष्ण श्रेष्ठ
नेपालबहस संवाददाता
बैशाख १८, २०७८ शनिबार १७:४७:४४
१८ बैशाख, काठमाडौं । बरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना भइरसबाट संक्रमण मुक्तभइ अस्पतालबाट डिस्चार्ज भएका छन्। सामाजिक संजाल फेसबुकमा भिडियो सन्देश राख्दै कोरोनालाई जितेर शुक्रबार साँझ ८ दिनको अस्पताल बसाइपछि घर फर्किएको जानकारी गराउदै उनले कोरोना भाइरस खतरनाक भएको र यसबाट जोगिन सावधानी अपनाउन सवैमा आग्रह गरेका छन् ।
“यो वेला सवैले सवैको भलाई सोचौ, केही हैन रैछ जिन्दगी, पहिले शरीर फलाम जस्तो लाग्थ्यो, पहाड फोड्छु जस्तो लाग्थ्यो हावा रैछ जिन्दगी।’ उनले भिडियोमा भनेका छन् । कोरोनाले मानिसलाई गलाउने र यसले ज्यानै लिनसक्ने भएकाले मास्क लगाउनु पर्ने, ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्नु पर्ने साथै व्यक्ति–व्यक्तिबीचको दुरी कायम गर्न जस्वास्थ्य मापदण्डको पालनामा जोड दिएका छन् ।
उनले कोरोना महामारीको बेलामा राजनीतिक तथा अन्य पूर्वाग्रह नराख्न र दुई दिनको जिन्दगीमा सबैको भलो सोचेर जीवन खुशी साथ बाँच्नुपर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
बाराबाट २१६ किलो गाँजासहित दुई जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
बैशाख १८, २०८१ मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
आनन्द वनको डढेलो नियन्त्रणमा कठिनाई, अस्पतालका ९३ बिरामी अन्यत्रै सारिए
बैशाख १८, २०८१ मंगलबार
वीरगन्जबाट नेपाली नक्कली नोटसहित दुई जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
लगानी सम्मेलन र लगानी वातावरण निर्माण
बैशाख १८, २०८१ मंगलबार