सुनसरीमा बढ्यो निर्वाचन गतिविधि
सरला बैजु
फागुन २९, २०७८ आइतबार १९:१८:५३
२९ फागुन, इनरवा । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख राजनीतिक दलका नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ उनीहरु भेटघाट तथा कार्यक्रममा संलग्न हुने क्रम बढ्दै गएको छ ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्र पारेका छन् । सरकारले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गतेलाई तय गरेको छ ।
कांगे्रसले सुनसरीको १२ स्थानीय तहको १२४ वटै वडामा टोल समिति गठन गर्नुका साथै पालिकास्तरीय, प्रदेशसभास्तरीय र सङ्घीय निर्वाचन क्षेत्रस्तरीय भेला सम्पन्न गरेको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए ।
त्यसैगरी एमालेले जिल्लाको विभिन्न स्थानीय तहमा चुनाव लक्षित कार्यक्रमलाई अगाडि बढाएको पार्टीका जिल्ला सचिव पर्शुराम यादवले जानकारी दिए । पार्टी टोल समिति गठन, १२ स्थानीय तहको १२४ वटै वडामा टोलभेला तथा प्रशिक्षण गर्ने तयारीमा जुटेको छ ।
एउटा वडामा पाँचदेखि २५ वटासम्म टोल कमिटी गठन गरिएको यादवले बताए । भ्रातृ संस्थाको भेला, प्रशिक्षण र कमिटी गठनको कार्य भइरहेको उनले उल्लेख गरे ।
यस्तै माओवादी केन्द्रले पार्टीको नगर तथा गाउँपालिकामा जनवर्गीय सङ्गठन गठनलाई तीव्रता दिनुका साथै नेता कार्यकर्तालाई गाउँगाउँमा खटाएको जिल्ला संयोजक योगेन्द्रप्रसाद मण्डलले जानकारी दिए ।
त्यसैगरी जनता (समाजवादी पार्टी)ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी टोल कमिटी गठन गर्ने, प्रशिक्षण अभियान सञ्चालन गर्नेलगायत कार्य अगाडि बढाएको जिल्ला अध्यक्ष भगिरथ खत्वेले जानकारी दिए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस
बैशाख २८, २०८१ शुक्रबार
कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
कोशी र गण्डकी सरकार गठनविरुद्ध दायर छुट्टाछुट्टै रिटमाथि आज सुनुवाइ
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
त्रिदेशीय रणनीतिक सडक निर्माण सुस्त गतिमा
बैशाख २८, २०८१ शुक्रबार
बुलबुले तालमा मोटरबोट सञ्चालन
बैशाख २८, २०८१ शुक्रबार
नुवाकोटको रमणीय पर्यटकीय क्षेत्र घ्याङस्वारा
बैशाख २८, २०८१ शुक्रबार
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते
बैशाख २८, २०८१ शुक्रबार
वर्षे अधिवेशनको पहिलो दिन: खोज्दा-खोज्दै नभेटिएको ‘सहमति’
बैशाख २८, २०८१ शुक्रबार
गाजामा युद्ध रोक्न बाध्य पारिए इजराइल एक्लै भए पनि लड्छ : प्रधानमन्त्री नेतान्याहु
बैशाख २८, २०८१ शुक्रबार