नारायणी अस्पतालमा अख्तियारको छापा, नक्कली बिल बनाई करोडौंको सरकारी बजेट स्वाहा
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार १९:३७:०
३० फागुन, बीरगञ्ज । मध्य तराईका आम नागरिकले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने बीरगञ्जस्थित नारायणी अस्पताल भ्रष्टाचारीहरुको चङ्गुलमा फसेर आफै अस्वस्थ्य बनेको खबर बाहिर आएको छ । केन्द्रमा सरकार परिवर्तनसँगै अस्पताल विकास समिति र मेडिकल सुप्रिटेन्डेन्ट हेरफेर भएपनि कार्यशैली साविक कै रहने गरेको छ ।
अस्पतालमा आवश्यकता भन्दा बढी समान खरिद, गुणस्तरहीन समानको आयातका साथै अस्पतालको जिन्सीमा सामानको साटो बिल मात्र पुर्याएर भुक्तानी हुने गरेको पाईएको छ । अस्पताल स्रोतका अनुसार खरिद भुक्तानी भएको स्वास्थ्य सामाग्री तथा उपकरण मध्ये २५ प्रतिशत सामान मात्रै आएको छ । खरिद भएका सामान मेडिकल सुप्रिटेन्डेन्ट र उनका नजिकका चिकित्सकहरु आफ्नो क्लिनिक र अस्पतालमा लगेर प्रयोग गर्ने गरेका छन ।
गत सप्ताह अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंको टोलीले अस्पतालमा छापामारी केही शीर्षकको कागजपत्र नियन्त्रणमा लिई लगेको छ। छापामारीको क्रममा अख्तियारका अधिकारीले खासगरी अस्पतालले खरिद गरेका उपकरणको विषयमा बढी चासो देखाएको थियो । खरिद भएका उपकरणहरु जनताको स्वास्थ्य सेवामा प्रयोग गर्नुको साटो स्टोरमै किन थन्कयाएको, आवश्यक्ता नभएका उपकरणहरु किन खरिद गरिएको, खरिद भएका अन्य उपकरणहरु कहाँ रहेको तथा उपकरणको गुणस्तरको बारेमा बढी सोधखोज गरेको थियो ।
यस अघिका मे.सु. डा. वीरेन्द्र प्रधानको नेतृत्वमा रहेका डा. दीपक चौरसिया, डा. उदयनारायण सिंह, नरसिङ प्रमुख श्रृती साह लगायतका चिकित्सकहरुको टोलीले स्टोर हेर्ने सुब्बा सुशिल प्रसाद यादवलाई प्रलोभन तथा प्रभावमा परेर अनावश्यक तथा गुणस्तरहीन केही समान खरिद गरी बाँकी सामानै खरिद नगरी नक्कली बिल बनाई नागरिकको गुणस्तरीय स्वास्थ्य सेवाका लागि नेपाल सरकारबाट आएको बजेट हिनामिना गरेको देखिएको छ ।
अस्पतालका एकजना पुराना चिकित्सक भन्छन्, डा. दीपक चौरसिया, डा. उदयनारायण सिंह, नरसिङ प्रमुख श्रृती साह लगायतको चिकित्सकहरुको एउटा संजालले नै डा. वीरेन्द्र प्रधानलाई नेताहरुसँग लविङ गरी मे.सु. बनाउन लगाएका थिए । पछिलो छ–सात वर्षदेखि ती चिकित्सकहरुको संजालले नै त्यहाँ मे.सु. नियूक्ति गराउने गरेका छन् । अहिलेका मे.सु. डा. चितरंजन साहलाई सोही समुहले लविङ गरी मे.सु. बनाउन लगाएका छन् । डा. वीरेन्द्र प्रधान गत मंसिरमा सेवा निवृत भएपछि सर्वोत्तम अस्पतालका संचालक समेत रहेका साहलाई सो समुहले मे.सु. नियूक्ती गराई अस्पताललाई आफ्नो चंगुलमा लिने कार्यलाई निरन्तरता दिएका हुन् ।
समाचार स्रोतका अनुसार सामान नै खरिद नगरी भुक्तानी गर्ने कार्य आफुले नगर्ने अडान राखेपछि अस्पतालका लेखापाल रंजन कर्णको त्यहाँबाट सरुवा गराई जिल्ला वन कार्यालयमा पठाईएको थियो । लेखापाल कर्ण हालका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरी पुष्करका सहोदर भाई हुन । कर्णको ठाउँमा सुदिप माझीलाई ल्याई भुक्तानी गराउन तत्कालीन मे.सु. प्रधान र स्टोरकिपर शुशील प्रसाद यादव सफल भएका थिए ।
यता आधा दशकदेखि अस्पतालमा डेरा जमाएका स्टोरकिपर सुब्बा शुशील प्रसाद यादवको पनि सरुवा संघीय शहरी तथा भवन निर्माण आयोजना पर्सामा एक महिना अगाडी भएपनि मे.सु. साहले उनलाई रोकेर राखेका छन् । यादवको ठाउँमा आएका अर्का सुब्बा भने अलपत्रमा परेका छन् । स्टोरमा खरिद भएको उपकरण तथा सरसमान नरहेको र कागजपत्र पनि गडबड रहेको अवस्थामा अख्तियारले समेत खोजीनीति सुरु गरेपछि समग्रमा मामिला मिलाउन सुब्बा यादवलाई मे.सु. ले रोकेको त्यहाँका कर्मचारीहरु बताउँछन ।
यता त्यहाँका लेखापाल सुदिप माझीको सरुवा दुई महिना अगाडी आन्तरिक राजश्व कार्यालय बीरगञ्जमा भएपनि उनले राजश्व कार्यालयमा हाजिरी गर्ने र दिनभरी नारायणी अस्पतालमा नक्कली बिल भरपाईसहितको फर्जी फाईल तयार गर्न व्यस्त रहने गरेको बताइन्छ । लेखापाल माझीले कागजपत्र तथा श्रेस्ता बुझबुझारत नयाँ लेखापाललाई नगरेको सम्बन्धमा कोष लेखा नियन्त्रक कार्यालय पर्सामा समेत गुनासो पुगेको छ तर नारायणी अस्पतालको सम्बन्धमा सम्बन्धित निकाय तैं चुप मैं चुपको अबस्थामा छन ।
नारायणी अस्पतालको भ्रष्टाचारमा जिल्लास्थित केही राजनीतिककर्मी संरक्षकको भुमिकामा देखिएका छन् । उनीहरु सरुवा भएका स्टोर किपर र लेखापाललाई पुनः नारायणीमा फिर्ता ल्याउने कार्यमा सक्रिय देखिएका छन् । भएको भ्रष्टाचारमा एक अंश प्राप्त गरेका एक राजनीतिककर्मीले पछिलो समय सरुवा बदरको नाममा त्यहाँका भ्रष्ट कर्मचारीसँग मोटै रकम बार्गेनिङ गरेका छन् । सो कार्यमा लाग्ने राजनीतिककर्मीलाई सवारी साधनका साथै अन्य खर्च सँगै साँझको मदिरापान सहितको भोजनको खर्च मे.सु. का नजिक रहेका डा. सिंह र डा. चौरसियाले व्यहोर्ने गरेको समाचार स्रोतको दावी छ ।
समग्र प्रकरणबाट नागरिक पीडित भएका छन् । मध्यम वर्गका साथै विपन्न तथा अति विपन्न परिवारका विरामी गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको अभावमा भट्केका छन तर बीरगञ्जका राजनीतिक दल र नागरिक समाज भने अस्पतालको समस्याप्रति गम्भिर देखिएका छैन्न ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्दिप लामिछाने बिरुद्ध मुद्धाको अन्तिम सुनवाई हुदैँ
चैत २२, २०७९ बुधबार
ठोरी आसपासमा आतंक मच्याउने बाघलाई नियन्त्रणमा लिन सेना सफल
चैत २२, २०७९ बुधबार
मन्त्री नियन्त्रित कार्यविधिमा डराए प्रधानमन्त्री, औचित्यहीन निर्देशन
चैत २१, २०७९ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
पहिलाकै स्वरुपमा ल्याइँदै पुरैना ताल
बैशाख १७, २०८१ सोमबार
इलाममा एमालेका सुहाङलाई ६४३९ मतको अग्रता
बैशाख १७, २०८१ सोमबार
आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर : मानव अधिकार आयोग
बैशाख १७, २०८१ सोमबार
२१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन् : रिपोर्ट
बैशाख १७, २०८१ सोमबार
बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
बैशाख १७, २०८१ सोमबार
इलामा–२ मा ४१ हजार बढी मत गनियो, एमालेका सुहाङ ५ हजार ६७१ मतले अघि
बैशाख १७, २०८१ सोमबार