मन्त्री नियन्त्रित कार्यविधिमा डराए प्रधानमन्त्री, औचित्यहीन निर्देशन
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार २०:३४:२१
२१ चैत, काठमाडौं । सय दिनमा सिन्कोसम्म नभाचेको भन्दै आलाेचित भइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री नियन्त्रित कार्यविधि विनै उनीहरुको आचरण र व्यवहारलाई परिणाममूखी बनाउने असफल नीतिलाई नै निरन्तरता दिने लक्षण देखाएका छन् ।
उनले सोमबार मन्त्रिपरिषदमा भएजति मन्त्रीलाई प्रधानमन्त्रीको कार्यालयमा भेला गराएर माला र स्वागतको पछाडी नलाग्न निर्देशन दिए । देशका अगाडी अनेकौ चुनौती रहेका बेला बधाईमा आउने फूलमालाका पछाडि नलाग्नु भन्ने उनको आशय थियो ।
यसैपनि प्रधानमन्त्री प्रचण्ड आफै सरदर दैनिक तीनभन्दा माथि सामान्य र अर्थहिन कार्यक्रममा उद्घाटनमा पुगिरहेका छन् । सरदर मन्त्रीले उद्घाटन गर्नु नपर्ने दिन पनि कमैमात्र हुन्छ । अहिले सबैभन्दा प्रधानमन्त्री र मन्त्रीहरुको बढी समय यस्तै काममा खर्च भइरहेको छ । नियमित काम र जनतालाई सुशासनको प्रत्याभूति दिलाउन प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्मलाई नियन्त्रण गर्न आवश्यक कार्यविधि बनाउनुपर्ने माग धेरै अगाडिदेखि उठेको हो । यसअघिका प्रधानमन्त्रीले पनि यस्तो कार्यविधिमा ध्यान दिएनन् ।
नियमित काम र समय बचाउनका लागि प्रधानमन्त्रीले कसिलो नियममा बाँधिने गरी कार्यविधि बनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव नदिइएको पनि हैन । जानकारहरुका अनुसार विदेशमा यस्ता कार्यविधि अनुसार मन्त्रीहरुले काम गर्ने चलन छ । मन्त्री कस्ता कार्यक्रममा सहभागी हुन पाउने, कार्यक्रमको आवश्यकता र महत्व हेरेर कति समय कार्यक्रममा बस्ने वा प्रतिनिधि खटाएर आयोजनामूलक काम भने नगर्ने त्यसको नीति निमार्णतर्फ मातहतका निकायलाई निर्देशन दिन विषयमा कार्यविधि नहुँदा मन्त्रीहरु बेलगाम भएर हिडिरहेको आरोप अगाडिदेखि नै लाग्दै आएको हो ।
यद्यपि प्रधानमन्त्री आफै बन्धनमा परिने डरमा छन् । मातहतका निकाय र व्यक्तिलाई निर्देशित गर्दा कार्यविधि अनुसार भए त्यो कार्यन्वयनमा जानपनि सहज हुन्छ । सोमबार प्रधानमन्त्रीले मन्त्रीहरुसामू जटिल चुनौती रहेकोले जनताका पक्षमा परिणाममुखी काम गर्न भनेका छन् । मन्त्रिपरिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले खादामाला नभुल्न निर्देशित गरे । उनले राष्ट्र चौतर्फी संकटमा रहेकाले तदर्थ ढंगले सरकार चलाएर परिणाम दिने र जनताको विश्वास जित्ने अवस्था नरहेकाे बताएका थिए । यो निर्देशन आजबाटै उल्लंघन हुन थालिसकेको छ ।
यस्ता छन् प्रधानमन्त्रीले दिएका निर्देशनः
(१) मन्त्रालयका फजुल खर्चको समीक्षा गरेर त्यस्तो खर्च कटौतीको प्रस्ताव ल्याउनुहोस् । अनावश्यक सेमिनार, गोष्ठी र भ्रमण नियन्त्रण गर्नुहोस् । मन्त्रालयको खर्चमा मितव्ययिता, पारदर्शिता र स्वच्छता होस्। मन्त्रालयमा अधिकतम समय दिनुहोस् ।
(२) कर्मचारीतन्त्रलाई परिणामका लागि प्रेरित र प्रोत्साहित गर्नुहोस् र खराब नियत वा कार्यक्षमतामा समस्या देखिए कारवाही गर्नुहोस् । मैले राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयलाई पूर्णरूपमा क्रियाशील बनाउँदै छु। यसलाई माननीयहरूले दवाव होइन उत्प्रेरक मान्नुपर्नेछ।
(३) रेमिट्यान्सको अनौपचारिक च्यानल भत्काउन अनि पर्यटन, राजश्व र निर्यात बढाउन मन्त्रालयहरुबीच सहकार्य गर्नुस ।
(४) मन्त्रालयहरूले खासगरी अन्तरसम्बन्धित विषयमा निर्णयहरू गर्दा वा निर्णयको लागि मन्त्रिपरिषद्मा प्रस्ता पेश गर्नुपूर्व सम्बन्धित मन्त्रालयका माननीय मन्त्रीज्यूहरु र सचिवहरुले छलफल गरेर मात्र निर्णयमा पुग्नुहोस् ।
(५) संसारभरिका हाम्रा कूटनीतिक नियोगहरूलाई लगानी र पर्यटक ल्याउन सक्रिय बनाउने गरी हरेक मन्त्रालयले कार्ययोजना बनाउनुहोस् । निजी क्षेत्रसँग पनि अधिकतम क्षेत्रमा सहकार्यमा जोड गर्नुहोस् ।
(६) सबै मन्त्रालयले हरेक दिन जनताका पक्षमा जनताले बुझ्ने गरी कम्तिमा एउटा उल्लेखनीय निर्णय गर्नुहोस् । मन्त्रालयहरूमा नियमले नचिनेका नियुक्तिहरू नगर्नुहोस् र नियमबाहेकका सुविधाहरू पनि नलिनुहोस् । जनताका गुनासाहरु तत्काल सम्बोधन गर्ने प्रबन्ध मिलाउनुहोस् ।
(७) अन्तरमन्त्रालय समन्वय एकदमै कमजोर देखिन्छ । विकास निर्माणको तीव्रता र जनसरोकारका मुद्दाहरुको प्रभावकारी समन्वयका लागि वन, कृषि, उद्योग, स्वास्थ्य अर्थलगायतका बिभिन्न मन्त्रालयबीच अब फाइलमार्फत् दोहोरी नखेलौं । सरोकारवाला मन्त्री र सचिवहरु सँगै बसेर तत्काल समाधान खोजौं । यसका लागि नीतिगत या कानुनी सुधार आवश्यक भए त्यो पनि तत्काल गरौं ।
(८) बजेट अनुशासनभित्र रहेर काम गर्नु पर्दछ, नयाँ नयाँ योजना थप्ने भन्दा कार्यान्वयनमा रहेका योजनाहरुलाई छिट्टै सम्पन्न गर्नेतर्फ जोड दिनुहोस् ।
(९) आगामी बजेटमा देशकै मुहार फेर्ने र इतिहासले सम्झिने गरी क्रमभंगता जरुरी छ । हरेक मन्त्रालयले उत्पादन बृद्धि र रोजगारीमा केन्द्रित रहेर बजेट बनाउनोस् । राष्ट्रिय ढुकुटी अनावश्यक रुपमा खर्च हुने तर लाभको सुनिश्चितता भने हुँदै नभएका वा अत्यन्त थोरै भएका आयोजनामा खर्च प्रस्ताव नै नगर्नुस् ।
(१०) सार्वजनिक सेवा प्रवाहमा पछिल्ला दिनमा केही सुधार भएको छ तर पर्याप्त छैन । सम्बन्धित निकायहरुको सुधार र कार्यसम्पादन प्रभावकारी बनाउने किसिमले कार्ययोजना बनाउनुस ।
(११) बजेटमार्फत राखेका लक्ष्यहरुको नियमित अनुगमनका लागि बनेको इन्टिग्रेटेड मनिटरिंग सिस्टम एकीकृत अनुगमन प्रणालीको पूर्ण कार्यान्वयन गर्नुहोस् । मैले सम्मानित संसदमा हरेक पटक सरकारको रिपोर्ट कार्ड लिएर आउने प्रतिवद्धता जनाएको छु । तपाईहरु पनि संसद र प्रेसमा आफ्ना मन्त्रालयको व्यवस्थित रिपोर्ट कार्डका साथ उपस्थित हुनुहोस् ।
(१२) आन्तरिक र बाह्य सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शीरुपमा सम्पन्न गर्न डिजिटल नेपाल अवधारणाले अघि सारेका पेपरलेस, क्यासलेस, फेसलेस सेवा प्रणालीको विकासलाई प्राथमिकतामा राख्नुस् । साथै, विभिन्न निकायहरुमा प्रयोग गरिने अनलाइन प्रणालीको मार्फत् निकायपिच्छे एउटै कामका लागि पटक पटक उही कागजातहरू पेश गर्नुपर्ने झन्झटलाई हटाउने गरी समन्वयात्मक ढंगले काम अगाडी बढाउनुहोस् ।
(१३) आर्थिक अवस्थामा सुधार, सुशासनको प्रत्याभूति, सेवा(प्रवाहमा पारदर्शिता र प्रभावकारिता हाम्रा प्राथमिकता हुन् । आर्थिक अनियमितता, अकर्मण्यता र बेथितिमाथि निर्मम हुनुहोस् ।
(१४) भौतिक पुर्वाधार र विकास निर्माणका हरेक काम अब कम्तिमा दुई सिफ्टमा हुनुपर्छ । समयअगावै आयोजनाहरु पूरा गर्न यो सरकारको अत्यन्त उच्च प्राथमिकताको विषय हो । यसका लागि आफ्ना मन्त्रालयको तत्काल कार्ययोजना बनाउनोस् । सीमान्त वर्ग र समुदायका लागि पनि हरेक मन्त्रालयले विशेष योजना ल्याउनुहोस् ।
(१५) संघीय निजामती सेवासम्बन्धी कानून लगायतका अत्यावश्क कानूनहरु बनाउन प्राथमिकताकासाथ तत्कालै अगाडि बढ्नुहोस्।मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्नेगरी कार्य गर्नुहोस् । राष्ट्रिय विकास समस्या समाधान समितिका निर्णयहरू कार्यान्वयनमा तदारुकता देखिने गरेको छैन, यसमा यहाँहरूले विशेष ध्यान दिनुहोस् ।
(१६) राज्यका ३ वटै तहको समन्वयात्मक पहलले संघीयता कार्यान्वयनमा सकारात्मक नतिजा हासिल हुन सक्दछ। यसको लागि अन्तर प्रदेश परिषद्, राष्ट्रिय समन्वय परिषद् जस्ता संयन्त्रहरूलाई पनि क्रियाशील बनाउनेतर्फ जोड दिनुहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्दिप लामिछाने बिरुद्ध मुद्धाको अन्तिम सुनवाई हुदैँ
चैत २२, २०७९ बुधबार
ठोरी आसपासमा आतंक मच्याउने बाघलाई नियन्त्रणमा लिन सेना सफल
चैत २२, २०७९ बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
पहिलाकै स्वरुपमा ल्याइँदै पुरैना ताल
बैशाख १७, २०८१ सोमबार
इलाममा एमालेका सुहाङलाई ६४३९ मतको अग्रता
बैशाख १७, २०८१ सोमबार
आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर : मानव अधिकार आयोग
बैशाख १७, २०८१ सोमबार
२१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन् : रिपोर्ट
बैशाख १७, २०८१ सोमबार
बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
बैशाख १७, २०८१ सोमबार
इलामा–२ मा ४१ हजार बढी मत गनियो, एमालेका सुहाङ ५ हजार ६७१ मतले अघि
बैशाख १७, २०८१ सोमबार