मधेश प्रदेश सरकारबाट बाहिरिँदै एमाले
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार १९:४५:३३
२१ चैत, काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ ।
पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो । मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ ।
एमालेकाे मधेश प्रदेश संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।
केन्द्र सरकारमा भएको सत्ता समिकरण फेरबदलसँगै सरकारबाट एमाले हटेपछि पप्रदेश सरकारमा पनि प्रभाव पर्दै गएको हो । एमाले मधेश प्रदेशमा सबभन्दा ठूलो दल हो । एमालेका २३ सांसद छन् ।
केन्द्रमा दोस्रो ठूलो दल एमालेको मुख्य पहल र समर्थनमा गएको पुस १० मा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन २५ मा भएको राष्ट्रपति निर्वाचनमा कांग्रेससँग मिल्न पुगेपछि केन्द्रीय सरकार समिकरण भत्किन पुगेको थियो । त्यसैको प्रभाव क्रमशः प्रदेश सरकारहरुमा पनि देखिन थालेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारका एमाले मन्त्रीहरूले बुझाए राजीनामा
चैत २१, २०७९ मंगलबार
शेयरबजार ५.२० अंकले घट्यो, १ करोडभन्दा बढीको कारोबार
चैत २१, २०७९ मंगलबार
अस्ट्रेलियामा टिकटक चलाउन प्रतिबन्ध
चैत २१, २०७९ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार