मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न, १२ प्रतियोगीतले देखाए प्रतिभा
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार ११:५९:१२
जेठ, काठमाडौं । मिस मगर इन्टरनेशनलको पहिलो सीजनको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको छ । सोमबार काठमाडौंको होटल सम्पदामा आयोजीत कार्यक्रममा १२ प्रतियोगीतले आफू भित्र रहेको प्रतिभा देखाए । उनीहरुले नृत्य, अभिनय, गीत गायक, कविता तथा गजल बाचन लगायतका प्रतिभा देखाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय उपमहासचिव मगर महिला उद्यमी चन्द्रज्योती आले मगरले उत्कृष्ट १२ प्रतियोगीलाई शुभकामना दिइन् । उनले मिस मगर इन्टरनेशनलले मगर समुदायमा रहेका युवतीहरुको ब्यक्तित्व बिकाशमा ठुलो मद्धत गर्ने भन्दै प्रतियोगीहरुलाई शुभकामना दिइन् ।
साथै उनले यस्ता किसिमका प्रतियोगीता नियमित हुनुपर्नेमा जोड दिइन् । यस्तै बिशेष अतिथि नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरु राना मगरले पनि मिस मगर इन्टरनेशनलको पहिलो सिजनमा सहभागी हुन आउने प्रतियोगीहरुलाई शुभकामना दिइन् ।
मिस मंगोल २०१२ की बिजेता सपना रोका मगरले सन्चालन गरेको कार्यक्रममा आयोजक संस्था सुनोगाभा नेपालका महासचिव नायक तथा गायक रमेश बाबु थापा मगरले स्वागत मन्तब्य राखेका थिए । उनले मिस मगर इन्टरनेशनलले मगर समुदायका युवतीहरुको ब्यक्तित्व बिकाश गर्ने बताए । उनी भन्छन्, हामी पहिलो सिजनमा छौं, तर प्रतियोगीहरुको सहभागीता देख्दा निकै खुसी लागेको छ । मगर समुदायमा रहेका युवतीहरुले आफ्नो ब्यक्तित्व बिकाश गर्नेमा ढुक्क छौं ।
निर्णय समितिका संयोजक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान उपत्यका समितिको अध्यक्ष गायक तथा भिडियो निर्देशक अर्जुन थापा मगरले उत्कृष्ट १२ बिच फाइनल हुने जानकारी गराए । उनले यहि जेठ २७ गते काठमाडौंको प्रज्ञाभवनमा फाइनल प्रतिस्पर्धा हुने जानकारी गराए । अर्जुनसँगै मगर फिल्म निर्देशक सन्तोष पिठाकोटे मगर, मिस मंगोल २०१९ को फस्ट रनरअप रेनुका पुन मगर निर्णायक रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित
बैशाख १५, २०८१ शनिबार
सर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन्
बैशाख १५, २०८१ शनिबार
इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने
बैशाख १५, २०८१ शनिबार
मतदातामा देखिएन उत्साह, इलाममा ५८ र बझाङमा ५० प्रतिशत मत खस्यो
बैशाख १५, २०८१ शनिबार
इलाम–२ मा मतदान गर्दै वृद्धा ज्येष्ठ नागरिक
बैशाख १५, २०८१ शनिबार