कामपाका सामुदायिक विद्यालयमा ट्राफिक क्लब गठन
नेपालबहस संवाददाता
पुस २१, २०८० शनिबार १३:७:३
२१ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठन गर्न थालेको छ ।
प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनौटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिन थालिएको महानगरपालिकाले जनाएको छ । यसअघि पद्मकन्या विद्यायलले ट्राफिक क्लब गठन गरिसकेको छ । महानगरले अन्य विद्यालयमा पनि सो कार्यक्रम विस्तार गरिरहेको कामपा ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।
सल्लाहकार श्रेष्ठका अनुसार छनौटमा परेको विद्यार्थीले विद्यालयमा बालबालिका आउने जाने मुख्य समय 'बिहान ९ देखि १० बजे र अपराह्न ३ देखि ४ बजेसम्म' उक्त तालिम प्राप्त विद्यार्थीले सडक पार गर्नका लागि सहयोग गर्नेछन् । श्रेष्ठले भने, “उक्त समयमा विद्यार्थी नै ट्राफिकको पोसाकमा ट्राफिककै काममा खटिनेछन्, जसले गर्दा विद्यालय क्षेत्रमा हुने सडक दुर्घटना कम गर्न मद्दत गर्नेछ ।” सहयोगका लागि खटिएका विद्यार्थीले तोकिएको समयभित्र ट्राफिकको भूमिका निर्वाह गर्नेछन् । विद्यार्थीले ट्राफिक लाइट प्रयोग गर्ने, ट्राफिक कोन, सेफ्टी ज्याकेट, प्याटन लाइटसहित जान र आउनका लागि सङ्केत गरेर अन्यलाई सहयोग गर्नेछन् ।
उक्त कार्यक्रम कामपामा सञ्चालनमा रहेका ८९ वटै सामुदायिक विद्यालयमा सञ्चालन गर्ने भनिए पनि पूर्वप्राथमिक विद्यालयमा साना बालबालिकालाई यस किसिमको कार्यक्रममा सहभागी गराउन नसक्ने जनाइएको छ । त्यसका लागि कामपाले पहिलो चरणमा ४० विद्यालयलाई छनौट गरेको छ ।
उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा महानगरले रु २० लाख विनियोजन गरेको छ । यसैबीच कामपाले विद्यालय अगाडि ३६ स्थानमा सडक पार गर्नका लागि सहज गराउने प्रणाली जडान गर्ने तयारीसमेत गरेको छ । यसअघि बबरमहलमा सो प्रणाली जडान गरिसकेको कामपाले अब २६ सामुदायिक विद्यालय र १० निजी विद्यालय गरी ३६ स्थानमा उक्त प्रणाली जडान गर्न लागेको श्रेष्ठले जानकारी दिए ।
यस वर्ष ३६ विद्यालयमा राख्ने तयारी भए पनि आगामी दिनमा आवश्यकता हेरी दुर्घटनाको जोखिम रहेका विद्यालयमा सो व्यवस्था गरिने छ । हाल कामपामा ८९ सामुदायिक र पाँच सय चार निजी विद्यालय सञ्चालित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग
बैशाख १७, २०८१ सोमबार
‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी
बैशाख १६, २०८१ आइतबार
बागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
भारतबाट नेपालतर्फ सामान ल्याउँदै स्थानीय बासिन्दा
बैशाख १८, २०८१ मंगलबार
बाराबाट २१६ किलो गाँजासहित दुई जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
बैशाख १८, २०८१ मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
आनन्द वनको डढेलो नियन्त्रणमा कठिनाई, अस्पतालका ९३ बिरामी अन्यत्रै सारिए
बैशाख १८, २०८१ मंगलबार